-
Home
-
सिनेमा
-
दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु
दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु
- असोज २१, २०७३
- ब्लाष्ट खबर
नवलपरासी/नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी २७ वर्षीय विजय थापाको घटनास्थलमा नै मृत्यु हो ।
यसैगरी, मोटरसाइकलमा सवार रुपन्देही रुद्रपुर–९ घर भई हाल जिल्ला कारागार परासीमा कार्यरत प्रहरी जवान ३० वर्षीय गनबहादुर थापाको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस