Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • टुहुरो गैँडाको बच्चा (केटो) मर्याे

टुहुरो गैँडाको बच्चा (केटो) मर्याे

alt
  • असोज ३०, २०७३
  • ब्लाष्ट खबर

रत्ननगर (चितवन),/ पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ ।

rhino

चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको आज जानकारी दिनुभयो । करिब पाँच महिनाको केटोलाई पश्चिम मेघौलीबाट उद्धार गरेर राखिएको थियो । उद्धारका बेला शरीरभरि बाघको आक्रमणले घाउ नै घाउ थियो । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै गम्भीर चोट लागेको थियो । सोही चोटका कारण मरेको निकुञ्जले जनाएको छ । अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो । ऊ सँगै नवलपरासीबाट ल्याइएको अर्काे सानो टुहुरो केटो भने अहिले तन्दुरुस्त भएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । नवलपरासी अमलटारीको मयुरे सामुदायिक वनस्थित नदी किनारमा फेला पारेपछि भदौ २० गते उसको उद्धार गरिएको थियो । उक्त वनमा फेला परेकाले उसलाई मयुरे भनेर बोलाइन्छ । चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । तर भरपर्दाे वन्यजन्तु अस्पताल र उद्धार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् । केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्धार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो । रासस
सम्बन्धित समाचार
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?

सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड रूपैयाँ ...

आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १८ गते बुधबार, २ ...

झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन

भद्रपुर । पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध दे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved