धरान/ग्यास पड्किएर मकवानपुरको हैटौंडास्थित नापी कार्यालय आगलागी भएको छ ।

आगलागीमा परेर २० जना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । आगलागी १ बजेर ५० मिनेटमा सुरु भएको थियो भने करिव ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षतिको विवरण आउन सकेको छैन् । तीन तलामा रहेको कार्यालयमा लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी, सेना, तथा हेटौडाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो ।