-
Home
-
सिनेमा
-
ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते
ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते
- कार्तिक ११, २०७३
- ब्लाष्ट खबर
बर्दिया/आज बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो ।
बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
ट्रक चालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । रासस