[caption id="attachment_18029" align="aligncenter" width="600"]sex File Photo[/caption]

इटहरी / सप्तरी महादेवाका ४९ वर्षीय पञ्चदेव मण्डलका दुई सन्तान छन् । लामो समयदेखि इटहरी–१ मा बसी हटियालाईनमा कपडा पसल गरी बस्दै आएका मण्डलकी श्रीमति पनि सँगै छिन् । तर, घरमा कामदारका रुपमा राखिएकी किशोरी माथि उनको नजर बस्यो । घरमा श्रीमति हुँदा हुँदै कामदारमा रुपमा राखिएकी किशोरीलाई उनले आर्थिक प्रलोभनमा पारेका पिडित किशोरीको भनाई छ । जेठी श्रीमति विरामी रहेको र उसको निधन भए पछि सबै सम्पत्ती पाउने प्रलोभनमा पारिएकी किशोरीकै फन्दामा ४९ वर्षीय मण्डल परेका छन् । अन्तत उनले कामदारका रुपमा राखिरहन समाजमा अप्ठ्यारो भए पछि मण्डलले उनलाई विवाह नै गरे । स्थायी रुपमा परिवार नियोजन समेत गरिसकेका दुई सन्तानका बाबु मण्डलले ती किशोरीलाई धन सम्पत्तीको प्रलोभनमा पारी विवाहको नाटक गरेको खुलासा मात्रै भएको छैन विवाह पछि उनले कान्छि श्रीमतिका रुपमा राखिएकी कामदार किशोरीमाथि गरिएको जवर्जस्ती करणीले उनलाई कानुनी कठघरमा उभ्याएको छ । विवाह पछि आफूले कहिल्यै शान्ति नपाएको र दिनहुँ आफूमाथि जवर्जस्ती यौन सम्पर्क गर्ने र शारिरिक तथा मानसिक पिडा दिने गरेको ती किशोरीले प्रहरीलाई वताएकि छिन् । जसको कारण उनलाई वैवाहिक करणीको कानुनको कठघरामा उभ्याएको छ । दुर्षसम्म सहेर अन्ततः ती किशोरीले प्रहरीमा निवेदन दिन बाध्य भइन् । प्रहरीले मण्डललाई नियन्त्रणमा लियो । ‘हामीले घटनाका विषयमा सामान्य अनुसन्धान थाल्यौं’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने ‘पिडितको निवेदननै परे पछि वैवाहिक करणी समवन्धी मुद्धा दर्ता गरिएको छ ।’ श्रीमान्बाट जवर्जस्ती करणी गरेको मुद्धा मण्डल विरुद्ध बुधबार दर्ता भई म्याद थपका लागि अनुसन्धान शुरु भएको पनि डिएसपी सुवेदीले बताए । उनका अनुसार उनले ती किशोरीलाई फकाइ फूल्याई गरी दोस्रो विवाह गरेर यौन शोषण गरेको अनुसन्धानबाट देखिएको छ । कामदार किशोरीको गरिवीको फाइदा उठाउँदै आफ्नो जेठी श्रीमती विरामी भएको र छिट्ै मृत्यु हुने त्यस पछि तिम्रो भविश्य राम्रो हुने भनि ललाई फकाई झुक्याई विवाह गरेको पनि प्रहरीले जनाएको छ । मण्डलले विगत २ बर्ष देखी चरम शारीरिक तथा मानसिक यातना दिई शोषण गरिरहेको पिडितको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी जवरजस्ती करणी महलको बैवाहिक बलात्कार सम्वन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान तथा कारवाहीको प्रक्रीया प्रहरीले अघि बढाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीका अनुसार पञ्चदेवलाई मुलुकी ऐनको दफा ३ को उपदफा ६ बमोजिम वैवाहिक करणीको मुद्धा दर्ता गरिएको छ । सो उपदफा अनुसार वैवाहिक करणी पुष्टी भएमा ३ देखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको पनि इटहरी प्रहरीले जनाएको छ ।