Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • अवैध गाँजाखेतीकर्ता गाउँबाट फरार

अवैध गाँजाखेतीकर्ता गाउँबाट फरार

  • कार्तिक १२, २०७३
  • ब्लाष्ट खबर

गाईघाट (उदयपुर)/उदयपुरको पश्चिमी पहाडी गाविसमा व्यावसायिक रुपमा अवैध गाँजाखेती गर्नेहरु गाँजा नष्ट गर्ने अभियानमा खटिएका प्रहरी आएपछि गाउँबाट फरार भएका छन् । प्रहरीले अवैध गाँजाखेती नष्ट गर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने अभियान सञ्चालन गरेपछि उनीहरु भागेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार पहाडी गाविस, रुपाटार, सोरुङछबिसे, इनामे, तावाश्री, झिल्के, बराहा र बाँसबोटे क्षेत्रमा करिब ८० जना प्रहरीले पाँच दिनदेखि गाँजाखेती नष्ट गरिरहेका छन् । प्रहरीले यस पटक गाँजाखेती गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने अभियानसमेत सञ्चालन गरेपछि गाँजाखेती गर्नेहरु घरघरमा चुकुल लगाएर गाउँबाट फरार भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताए । फरार भएपनि प्रहरीले घरमूलीको नाम र जग्गाको कितानम्बरसहितका प्रमाण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रशासनले यस्तो काम नगर्न प्रत्येक वर्ष पटक–पटक अनुरोध गरेपनि यस क्षेत्रका स्थानीयवासी अटेर गर्दै गाँजाखेतीलाई निरन्तरता दिँदै आएपछि प्रहरीले यसपटक त्यसलाई नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेको हो । यो अभियानमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीबाट ५० जना र सशस्त्र प्रहरीबाट ३० जना सम्मिलित रहेको बताइएको छ । रासस

सम्बन्धित समाचार
प्याउलीले पायो आख्यान पुरस्कार

धरान/काठमाडौँको साहित्यपोस्ट डटकमले नवप्रवेशी कवि, लेखकलाई लक्षित गर्दै आएक ...

करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत

इटहरी । सुनसरी, मोरङ र झापाका कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणबाट १० करोड ...

नक्कली प्रहरी बनेर लुटपाट

विराटनगर । नक्कली प्रहरी बनेर अपहरणशैलीमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved