बस सहयाेगीकाे मृत्यु
- कार्तिक १४, २०७३
- ब्लाष्ट खबर
गोरखा/फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आज बिहान ज्यान गएको छ ।
बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। रासस