Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • ‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

  • मंसिर २४, २०७३
  • ब्लाष्ट खबर
Sher Bahadur Deuba

काठमाडौँ/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को विधान अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाउनुभयो । “५ नम्बर प्रदेशको संशोधनका लागि संसद्मा दर्ता गरिएको प्रस्तावमा यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ तर अहिले राष्ट्रियताका नाममा विरोध गरी विभाजनको राजनीति गर्न खोजिएको छ”– पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । कर्मचारीलाई स्वतन्त्र रुपमा जनताको काम गर्ने वातावरण सबै दलले बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो । काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन नभए मुलुक अन्योलतिर धकेलिने भएकाले कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्ने विचार राख्नुभयो । “काँग्रेसले बोकेको विचार नेपालको भविष्य बनाउने मार्गचित्र भएकाले कसैले आक्रमण गर्दैमा दल कमजोर हुँदैन, दल बिपीको पदचिह्नमा हिँडेको छ”– उहाँले भन्नुभयो । नेपाल तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले भ्रष्टाचार, गुन्डागर्दी र चन्दा आतङ्कका विरुद्ध सङ्गठनले देशव्यापी अभियान चलाउने जानकारी गराउनुभयो । कार्यक्रममा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा, महासचिव जितबहादुर मडै, पूर्वअध्यक्ष भानुभक्त ढकाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले संविधानको प्रदेशस्तरीय संरचनाअनुरुप विधान पारित गरिनुपर्नेमा जोड दिनुभयो । युनियनका १२७ सदस्यीय कार्यसमिति एवम् केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी ४५० प्रतिनिधिले दुईदिने अधिवेशनमार्फत विधान पारित गर्ने कार्यक्रम छ । रासस

सम्बन्धित समाचार
बालबािलकाद्वारा प्रतिभा प्रदर्शन

धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ ...

कोशी प्रदेशका प्रमुख धाम

कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अपार सम्भावना बोकेको क ...

बेरुजुमा इटहरीले तोड्यो रेकर्ड

इटहरी । देशभरका एघारवटा उपमहानगरपालिकामध्ये सुनसरीको इटहरी उपमहानगरपालिकामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बालबािलकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved