तरहरा (सुनसरी) अन्तरजातिय विवाह गरेर सिन्धुपाल्चौकमा हेन्सम पार्लर खोलेर वसेका झापा शनिश्चरे रोडका अनिल ठाकुर अहिले इटहरीमा आलुबाबा भनेर चिनिन थालेका छन । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले उठिबास लगाएका ठाकुर पूर्व फर्किए जोगीको भेषमा आलुवावा भनेर हिड्नुको कारण भने वेरोजगार भएको वताउँछन ।

केहि वर्षदेखि सिन्धुपाल्चौकमा हेन्सम पार्लर खोलेर कपाल काट्दै आएको ठाकुर महाभूकम्पको कारण सडकमा आए । इटहरी आए सँगै करीव ६ महिना इटहरीकै दिलिप हेयर कटिङमा काम गरे । साहुले कामबाट निकालेको वताउँने उनले इटहरीको केहि कपाल काट्ने ठाउँमा काम गर्ने खोजेको र नपाए पछि अहिले आफु बरोजगार छल्न आलुबाबा भएको उनी वताउँछन । उनी भन्छन वाध्यता र परिस्थिती र वेरोजगारले वावा वनायो ।

दर्जी थरको केटी विवाह गरे पछि आफ्न्तहरुको हेलाले सिन्धुपाल्चौक पुगेर कपाल काट्ने काम गर्न थालेका उनले अहिले सबैभन्दा बढि आफ्नो आफ्न्त र जातलाई गाली गर्ने गरेका छन । सात वर्षिकी छोरी समेत भएको सुनाउँदै उनले भने छोरीलाई भने ससुरालीले पढाइदिएका छन । श्रीमती पनि इटहरीकै एक थुक्पा फ्याक्ट्रीमा काम गदै आएको बताउँदै उनले काम नपाएकै कारण आफु आलुबाबा भएर बजारमा हिडेको सुुनाए ।

गत नाघ पञ्चमीका दिनदेखि आलुबाबा भन्दै बजारमा जोगीको भेषमा मुन्द्रा लगाएर हिडिरहेको भेटिन्छन । नाग पञ्चमीमा आफुले नाग टाँसेर निकै पैसा कमाए पछि आफु नागबाबामा भएको उनले बताए । उनले भने हाम्रो जातले नाग टाँस्न मिल्दैन रहेछ तर ‘मैले इटहरी चौकका अघिकांश घरमा नाग टाँसे’ उनले भने । त्यो महाभुकम्पले आफ्नो नागरीकतादेखि सबै थोक हराएले अहिले आफ्नो विल्लिबाठ भएको सुनाए । मैले अत्यन्तै दुख पाए अनि वावा भनेर हिडेको अहिले सबैले चिनेका छन मान्छन पनि ।

केहि हप्ता अगाडी सफारी कुदाउँने सोचमा रहेको उनले नागरीकता नभएकै कारण आफुले सफारी कुदाउँने काम पनि नपाएको गुनासो गरे । मैले अन्तरजातिय विवाह गरेदेखि नै मेरो दसा सुरु भयो जोगी भेषमै भेटिएका उनले भावुक हुदै भने । मैले विवाह त गरीहाले के अब उनलाई म मारु ? यो समाजले हाम्रो प्रेम वुझेन उनले भने । २०४६ सालमा जन्मेका उनीले विवाह गरेको करीब १२ वर्ष भईसक्यो ७ वर्षकी उनको छोरी भएको सुनाए । तर म बजारमा मागेर हिड्दिन दिए लिन्छु नदिए माग्दीन उनले भने । आफ्नो झोलामा निकै ठुलो आलु सम्म वोकेर हिड्ने उनी अहिले आफु भगवानको चेला भईसकेको सुनाउँछन ।

अहिले उनी आफुलाई सबैले आलुवावा भनेर चिनेकोमा गौरभ गर्ने थालेका छन । लेखपढ त्यती नजान्ने उनी जस्तै वेरोजगारी छल्न यसरी वावाको भेष धारण गरेर शहरमा माग्न हिड्नेहरुको जमात वढ्न थालेको छ । वेरोजगारी छल्न यस्ता उपायहरु उपनाउँनेहरुलाई निरुत्साहित गर्ने स्थानीय प्रशासनहरुले कडाई गर्नु पर्छ । बाबा हुँ भन्दै धर्मको नाममा गरीखानेहरुलाई कार्वार्हीको दायरामा ल्याउँन सक्नु आजको आवश्यकता हो ।