शनिश्चरे/ झापाको विर्तामोडमा सम्पन्न धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महाधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्यीय नयाँ केन्द्रीय समिति चुनिएको छ ।
विशेषगरी झापा र मोरङमा बसोबास गर्ने तराईका आदिवासी धिमाल जातीको साझा संस्थाका रुपमा रहेको विकास केन्द्रको पद बाँडफाडमा निकै लामो समयसम्म छलफलपछि समिति चयन भएको हो ।
३ दिने महाधिवेशनको अन्तिम दिन चुनिएको समितिको बरिष्ठ उपाध्यक्षमा गणेशमान धिमाल, वर्तबहादुर धिमाल, विष्णु धिमाल र नगेन्द्र धिमाल, महासचिवमा केदार धिमाल, सचिवमा कबिराज धिमाल (क), रत्नबहादुर धिमाल, कविराज धिमाल (ख) रहेका छन् ।
विभागीय प्रमुखमा कुलबहादुर धिमाल, मोहनकुमार धिमाल, गंगाराज धिमाल, प्रथम धिमाल, बुद्धिलाल धिमाल, कृष्णबहादुर धिमाल तथा सदस्यहरुमा रामप्रसाद, रत्निमाया, लालबहादुर, प्रतिमान, जितेन्द्र, खगेन्द्रराज, राम, पदम, शान्तिदेवि, प्रतापलाल, गंगामाया, अर्जुन, खडकबहादुर, गोवेन र रुकमणि धिमाल संगै चार मनोनित सदस्य संगै आठ भातृसंगठनका अध्यक्षहरुमा तिलक, श्रीप्रसाद, मीना, हरि, शंकर, जयबहादुर र विजय धिमाल पदेन सदस्य रहेका छन् ।
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीद्वारा महाधिवेशन उद्घाटन गरिएको थियो ।