Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • ज्येष्ठ नागरिकामा उदासीनता

ज्येष्ठ नागरिकामा उदासीनता

alt
  • जेठ १६, २०७४
  • ब्लाष्ट खबर

काठमाडौँ/ विश्व स्वास्थ्य दिवस २०१७ - ज्येष्ठ नागरिकहरूमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भन्ने नारामा आधारित कार्यपत्र प्रस्तुति एवम् सहभागीबीचको अन्तक्र्रिया गरी मनाइएको छ ।

समाजका अध्यक्ष तारा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोचिकित्सक डा सञ्जीवचन्द्र गौतमले उदासीनताबारे कार्यपत्र प्रस्तुत गरेका  थिए । करिब ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ छाती रोग विशेषज्ञ एवम् राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष डा गौरीशङ्कर लालदासले गरेका  थिए ।  भने विशिष्ट अतिथिमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका कावा अध्यक्ष मदनदास श्रेष्ठ थिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका महासचिव छत्रबहादुर प्रधानसमेत सम्मिलित उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–५ र ७ का नवनिर्वाचित सदस्य क्रमशः रमेश डङ्गोल र शुद्ध डङ्गोलले आआफ्ना केही सदस्य लिएर सहभागी भई ज्येष्ठ नागरिकका लागि आवश्यक वाचनालयसमेत खोल्ने प्रतिबद्धता व्यक्त गरे । उदासीनताले विश्वभरका सबै उमेर समूहका मानिसलाई असर पार्छ । यसले शारीरिक, मानसिक तथा पारिवारिक सम्बन्धलाई समेत नकारात्मक असर पारी दैनिक जीवनयापनमा समेत प्रभावित पार्छ । उदासीनताका कारण आत्महत्याका घटना पनि बढिरहेका छन् । पन्ध्र देखि २९ वर्ष उमेरका मानिसमा उदासीनता दोस्रो ठूलो मृत्युको कारण बनिरहेको छ । उदासीनता रोकथाम र उपचार गर्न सकिन्छ । उदासीनता के हो र यसलाई कसरी रोकथाम र उपचार गर्न सकिन्छ भन्नेबारेमा राम्रो जानकारी पाउन सकेमा यसबाट प्रभावित मानिसलाई हुने नकारात्मक असर र प्रभाव कम गर्न सहयोगी हुनेछ । अभियानकर्ताले संसारभरि ‘ज्येष्ठ नागरिकमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भनेर आफ्ना विचार व्यक्त गरिरहेका छन् ।

रासस

सम्बन्धित समाचार
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

धरान । मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जमा हैजा फैलिएको छ । सुख्खा बन्दरग ...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

विराटनगर । सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद ...

पीडितलाई राहत

लहान । सिरहाकोे लहान नगरपालिका–२३ गाढाका लखन रामको परिवारलाई राहत सहयोग गरि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
पीडितलाई राहत
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
धरान नगरको ‘बजेट होलिडे’: ऐन–कानून मिच्न धरान अगाडि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved