Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

alt
  • वैशाख २, २०७५
  • ब्लाष्ट खबर
नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ। फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ। विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ। अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो। दीर्घ रोगहरु ९जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि० लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ। शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक छ तरकारी हो। क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ। यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ ९जुन शरीरका लागि हानिकारक हुन्छन्० लाई बढन दिँदैन। यस्तै, फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो। यसमा प्रसस्त मात्रामा जिङ्क पनि पाइन्छ। जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ। जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ। यसैगरी बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले हाम्रो मुटु स्वस्थ राख्न मद्दत गर्छ। अल्फा लिनोलेनिक एसिड हाम्रो शरीरभित्र गएर ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिणत हुन्छ। जुन हाम्रो मुटु, आँखा र छालालाई स्वस्थ राख्न अत्यावश्यक छ। फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ। सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ। साथै, सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउने विभिन्न अध्ययनले देखाएका छन्। फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकाशमा मद्दत गर्छ। माथि भनिएका पोषक तत्वसँगै फर्सीको बियाँमा म्यान्गनिज, कप्पर, सेलेनियम, भिटामिन बि, क्याल्सियम पनि पाइन्छ। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियामा बाधा पुर्‍याउने भएकाले दिनहुँजसो खाँदा भिजाएर खानु बढी लाभदायक हुन्छ। फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुरा हो। फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ। फर्सीको मुन्टामा प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ।
सम्बन्धित समाचार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी

धरान । सुनसरीको धरान उपमहानगरपालिका १५ संगमचोकस्थित दिप्लुङ बेकरीमा सोमबार ...

वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

धरान । मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जमा हैजा फैलिएको छ । सुख्खा बन्दरग ...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

विराटनगर । सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
पीडितलाई राहत
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved