Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

alt
  • मंसिर १६, २०७५
  • रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताए ।

‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गरे । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन । 

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिए । सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उनहरूको समान मत थियो । भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए । 

कोलम्बियाका पूर्वराष्ट्रपतिसँग भेट 
प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहनुभएका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले आजै शिष्टाचार भेट गर्नुभएको छ । 
पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाएकाे डा भट्टराईले जानकारी दिए । 

दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि उनहरूबीच छलफल भएको थियो । 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार
इटहरीमा महँगो घरभाडाले व्यवसायी पलायन

इटहरी । इटहरी– ६ बीपी चौककी मुना दहालले आफूले सञ्चालन गर्दै आएको होटल दुई म ...

१६२ केजी गाँजासहित भारतीय कार नियन्त्रणमा

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहा चोकस्थित अस्थायी प्रह ...

आजको राशिफलः २०८२ साल असार २२ गते आइतबार

श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८२ साल असार २२ गते आइतबार, ६ जु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
इटहरीमा महँगो घरभाडाले व्यवसायी पलायन
१६२ केजी गाँजासहित भारतीय कार नियन्त्रणमा
आजको राशिफलः २०८२ साल असार २२ गते आइतबार
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ
यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ
‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’
केसलिया खोलाबाट निरन्तर अवैध उत्खनन्
मिटरब्याजी मन्टुलाई जिप्रकामा ल्याउन प्रहरीलाई आदेश
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
आजको राशिफलः २०८२ साल असार २० गते शुक्रबार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved