इटहरी/देशमा हत्या हिंसाको घट्ना बढेको भन्दै नेपाल तरुण दल सुनसरीले इनरुवामा प्रर्दशन गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गर्दै ज्ञापन–पत्रसमेत बुझाएको हो । देशमा बढ्दै गएको अराजकता, भ्रष्टाचार,चरम मूल्यवृद्धि, नेपाल वायुसेवा निगमको वाइड बडि विमान खरिदमा भएको अर्बौं घोटाला, राष्ट्रपतिको लागि १८ करोड मूल्य बराबरका बिलासी सवारी साधन खरिद गर्ने निर्णयविरुद्ध तरुण दलले प्रदर्शन गरेको हो ।
बलात्कार पछि हत्या भएको निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा नल्याइएको, सुनसरीमा मुस्लिम समुदायमाथि भएको हत्याका विषयमा प्रशासन गम्भीर नभएको तरुण दलको आरोप छ । सुनसरीमा खुर्सिद आलम र फिदा हुसेनको हत्यारा पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन तरुणदल सुनसरीका सभापति सिजन गुरुङले माग गरे ।
जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा प्रर्दशन गरेको थिए । प्रर्दशन पछि सुनसरीका प्रमुख प्रेमप्रकाश उप्रेतीलाई ज्ञापन पत्र बुझाएका थिए ।