Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

  • पुस ७, २०७५
  • मोहन पौडेल, रासस

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । 

उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१/७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए । 

पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ । गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भने, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा पर्यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने ?” 

एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ । चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भने, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।” 

अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गरे । भोनुको मृत्यु भइसकेको र हाल उनका दुई छोरा छन् । 

गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहुनभएन । 

नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उनहरुलाई पुर्जा दिन नमिलेको बताए । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उनको भनाइ थियो । 

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताए । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । 

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर

वराहक्षेत्र । लगातारको वर्षाका कारण रूख ढलेर वराहक्षेत्र नगरपालिका–१ खहरेमा ...

विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाश माध्यमिक विद्यालय भवनको ...

सुधार गृह ‘सुधार’ गरौं

विराटनगर–३ स्थित बालसुधार गृहमा एक पोका सुर्तीबाट सुरू भएको विवादले जुन प्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
आजको राशिफलः २०८२ साल साउन ३० गते शुक्रबार
हुलाकी सडक निर्माण सुस्तः ठेकेदारलाई सोधियो स्पष्टीकरण
करणी र बालयौन दुराचार आरोपमा दुई पक्राउ
‘इटहरी उपमहानगरमा आर्थिक अनियमितता र चुहावट’
भद्रपुर म्याराथुनमा पुष्पा र करुण विजेता
‘अवशिष्ट अधिकार’ र नगरप्रमुखको कानूनी ज्ञानको प्रश्न
आजको राशिफलः २०८२ साल साउन २९ गते बिहीबार
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते
पहिरोमा परी इलाममा एक जनाको मृत्यु
धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने
दुहबीमा सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला
कानूनमै नभएको अधिकार प्रयोग गर्न खोज्दै धरान नगर प्रमुख
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved