Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

alt
  • चैत २२, २०७५
  • रासस-एएफपी

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेका छन् ।

यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्रस्ताव गरिएको थियो । नयाँ मितिमा पनि बेलायती संसदमा कुनै सहमति हुन नसकेपछि जुन ३० को नयाँ मिति प्रस्ताव गरिएको हो ।

ब्रेक्जीटका बारेमा इयूसँग प्रधानमन्त्री मेले गरेका सबै सहमति र समयसीमालाई बेलायती संसदले अस्वीकृत गरेपछि इयूबाट बेलायतको औपचारिक बहिर्गमनको औपचारिक मितिका बारेमा अन्यौल उत्पन्न भएको थियो । प्रधानमन्त्री मेले बेलायतको इयूबाट बहिर्गमनका बारेमा नयाँ प्रस्तावित मितिसँगै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कलाई पत्र लेखेर औपचारिक आग्रह गरेका छन् ।

तर इयूका एक जना वरिष्ट अधिकारीले अध्यक्ष टस्कले ब्रेक्जीटको समयसीमा एक वर्ष थप गर्न प्रस्ताव गर्नुभएको बताएका छन् । टस्कलाई लेखिएको पत्रमा प्रधानमन्त्री मेले ४६ वर्षसम्म इयूको महत्वपूर्ण सदस्य रहेको बेलायत सुविचारित किसिमबाट बाहिरिन चाहेको बताएका छन्।

प्रधानमन्त्री मेले इयूसँग कुनै सम्झौता सहित बाहिरिनु नै उपयुक्त रहेकामा आफू विश्वस्त रहेको बताउँदै यसबाट इयू र बेलायतको राजनीतिक, सुरक्षा, कुटनीतिक र आर्थिक सम्बन्ध थप मजबुत हुने उल्लेख गरेका छन् । “सरकारको नीति नै युरोपेली यूनियनसँग सुव्यवस्थित तरिकाबाट बाहिरिनु पर्दछ, र कुनै अनावश्यक ढिलाई गर्नु हुँदैन भन्ने रहेको छ,” प्रधानमन्त्री मेले पत्रमा लेखेका छन्।

“कुनै सम्झौता सहित इयूबाट बाहिरिनु नै सबैभन्दा उत्तम विकल्प हो ।” बुधबार नै ब्रसेल्समा युरोपेली यूनियनका नेताहरुको बैठक बस्दैछ । उक्त बैठकमा नयाँ समयसीमाका बारेमा छलफल हुने र त्यसमा सहमति हुने विश्वास बेलायतको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले समयसीमा बढाउनुपर्ने स्पष्ट कारण बेलायती प्रधानमन्त्रीबाट सुन्न चाहेको बताएका छन् । प्रधानमन्त्री मेको टोलीले यता बेलायती मुख्य विपक्षी दल लेबर पार्टीका नेताहरुसँग नयाँ मितिमा सहमति जुटाउन वार्ता गरिरहेको छ ।

बेलायती सदनमा ब्रेक्जीटको मितिका बारेमा चौथो पटक मतदान हुने तयारी पनि हुँदैछ । तर हालसम्म यस्तो वार्तामा सहमति जुट्न सकेको छैन ।

सम्बन्धित समाचार
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले होटल म्यानेजमेन्टमा गुणस् ...

विराटनगरको बजेट चार अर्ब ४० करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अ ...

बजेट ल्याउनमा धरान असफल

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले कानूनी समयसीमाभित्र आगामी आर्थिक वर्ष ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved