Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • राप्रपा महाधिवेशन आगामी जेठमाः देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प

राप्रपा महाधिवेशन आगामी जेठमाः देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प

alt
  • असार ८, २०७६
  • रासस 
 
काठमाडाैं / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरी देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प बैठकले गरेको छ । सरकारले संसद्मा पेश गरेको गुठी विधेयक फिर्ता लिएको घटनालाई बैठकले स्वागत गर्दै विधेयक पूर्णरूपमा खारेज गरी धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकार पक्षसँग घनीभूत छलफल र संवाद गर्न बैठकले सरकारसँंग माग गरेको छ ।
शनिबारदेखि शुरु भएको उक्त बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका अध्यक्ष, भ्रातृ सङ्गठनका अध्यक्ष र ७७ वटै जिल्लाका जिल्ला अध्यक्षको सहभागिता थियो । बैठकको निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउँदै ‘प्रधानसेनापति समेतलाई ‘बाइपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजेकाले’ शक्ति पृथकीकरणको मान्यतालाई कायम राख्नुपर्ने र न्यायपालिकालाई स्वतन्त्र संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।
अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेमा भ्रष्टाचार न्यूनीकरणकार्य प्रभवकारी रूपमा अगाडि बढाउन नसकिने बताउँदै अध्यक्ष थापाले आमसञ्चारमाध्यमलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्न नहुने बताए ।
अध्यक्ष थापाका अनुसार यसवर्ष पार्टीले ‘सङ्गठन निर्माण वर्ष’का रूपमा कार्यान्वयन गरी देशका सम्पूर्ण गाउँनगरपालिकाका वडामा पार्टी एकाइ समितिको गठन/पुनःगठन गर्ने छ । कम्तीमा तीन लाख सक्रिय सदस्य बनाइने छ । युवक, महिला, विद्यार्थी र धार्मिक सङ्गठनको एकाइ प्रत्येक गाउँ नगरपालिकामा विस्तार गरिने छ । ट्रेड युनियन महासङघ, शिक्षक परिषद् र युवा मोर्चाका शाखा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रसम्म गठन गरिने छ । सम्पूर्ण भ्रातृ सङ्गठनको केन्द्रीय अधिवेशन सम्पन्न गरिने छ । दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा ७७ वटै जिल्लामा सञ्चालन गरिने छ । स्वाभिमान यात्रालाई भदौदेखि निरन्तरता दिइने जनाइएको छ । बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशा’ सम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री भाष्कर भद्राद्वारा प्रस्तुत सचिवालयसम्बन्धी र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
सम्बन्धित समाचार
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

बालबालिकाद्वारा प्रतिभा प्रदर्शन

धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved