Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग

लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग

alt
  • असार ९, २०७६
  • ब्लाष्ट खबर

सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाए । प्रतिनिधिसभाको आजको शून्य समयमा उनले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री को हुकुमी शैली भएको तर्क गरे ।

कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यव्स्था छ । सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरे । उनले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमीन डुबानमा परेको बताए । सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरे ।

सांसद डिला सङ्ग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वती कुमारी विसुङ्खेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिञ्ज आतङ्क मच्चाउँदै महिलालाई आतङ्कित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गरे । सांसद दिलेन्द्रप्रसाद बडूले नेकपा (माओवादी) का विप्लव समूहसँग तत्काल वार्ता शुरु गर्न माग गरे । सांसद नारायणप्रसाद खतिवडाले विर्ता उन्मूलन भए पनि नुवाकोट जिल्लामा एक हजार ५५८ रोपनी जमीन खनजोत गर्ने चार हजार ९५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गरे । सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्तिको माग, तथा नदी नियन्त्रणको माग गरेका थिए ।

सम्बन्धित समाचार
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

बालबालिकाद्वारा प्रतिभा प्रदर्शन

धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
आजको राशिफलः २०८२ साल असार १७ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved