Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

alt रासस
  • साउन १२, २०७६
  • भरत प्रधान
 
लिस्बन / पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् ।
सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ । यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ ।
नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अङ्ग्रेजी र पोचुगालीभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् । नेपालीभन्दा अङ्ग्रेजी र पोर्चुगाली सजिलो लाग्ने उनको भनाइ थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जानेसमेत बताइन् । सदीक्षा जस्तै चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुँवरको पनि उस्तै समस्या छ । उनीहरु पनि यहांँको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । दश वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् । सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगाली भाषा खरर बोल्न र लेख्न आउँछ ।
तर नेपाली भाषा बोल्नसक्ने भए पनि लेख्न भने उनीहरु दुवैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भए पनि यहाँको स्थानीय विद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगाली नै भएका कारण पनि उनीहरूलाई नेपाली भाषामा समस्या भएको हो ।
सदीक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकांश नेपाली बालबालिकामा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा देखिएका यस्ता समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ । समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।
पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले जानकारी दिइन । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताइन ।
राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उनले बताइन । पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताइन । 
उनीहरुलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ । नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिइन । 
अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उनले बताइन ।  आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरु नेपाली सिक्न उत्साहित छन् । पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । आफ्ना बालबालिकामा नेपाली भाषामा समस्या देखिएपछि चिन्तित बनेका अभिभावकलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहाँका अभिभावको प्रतिक्रिया छ । विदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभुलुन् र नबिर्सिउन् भन्ने उनीहरुको चाहना छ । तर बालबालिका विद्यालयमा पनि पोर्चुगाली भाषा बोल्ने र साथीसङ्गी पनि पोर्चुगाली हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकको बुझाइ छ ।
विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन हुँदा आफूहरुलाई राहत मिलेको अभिभावक सरिता गौतमले बताइन । पाठशाला जान थालेपछि आफ्नी छोरीको नेपाली लेख्ने र पढ्ने बानीको विकास भएको उनले बताइन । आंशिक मात्र नभएर नेपाली पाठशालालाई नियमितरूपमा सञ्चालन गर्नसके अझै प्रभावकारी हुने गौतमको तर्क छ । नेपालमा कक्षा २ अध्ययन गर्दै गरेका छोरालाई चार वर्ष अगाडि पोर्चुगल ल्याएकी पोखराकी वसन्ती कुँवरले आफ्नो छोराले नेपाली भुल्न थालेपछि चिन्तित बनेको बताइन ।  “विदेशमा बसिएको छ, छोराले यहाँको सबै कुरा जानेको छ तर नेपाली भाषा र संस्कार भुल्दै गएको छ । आफन्तहरु कसलाई के साइनोले बोलाउनुपर्छ भन्ने कुरा पनि बिर्सिसके । नेपाली संस्कार र संस्कृति नै भुल्छन् कि भन्ने पीर छ”, कुँवरले चिन्ता व्यक्त गर्दै भनिन, “हामी जस्ता अभिभावकका चिन्तालाई पाठशालाले राहत प्रदान गरेको छ ।” पाठशालालाई सःशुल्क नै बनाएर भए पनि नियिमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने उनको धारणा छ । पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जागृति गर्न पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजकी पूर्वअध्यक्ष सीता बरालले बताइन ।
विभिन्न समस्या भए पनि विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको उनले बताइन ।  “विश्वको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौँ । विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु हाम्रो दायित्व हो । उनीहरुले नेपाली भाषा र संस्कृति नभुलुन् र नबिर्सिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, बरालले भनिन। यो अभियानले नेपाली भाषा र नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । आगामी दिनमा यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय गरेर पाठशालालाई थप व्यवस्थित गर्दै सरकारीस्तरबाटै स्वीकृति लिएर सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन । 
  • नेपाली भाषा
सम्बन्धित समाचार
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन विभिन्न प् ...

अदालतको आदेशपछि तामाङ पुनः बहाल

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योञ्जन तामाङले पुनः मो ...

नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नियमविपरीत तोक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कोशी प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर
आजको राशिफलः २०८२ साल असार ४ गते बुधबार
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन
धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो
सार्वजनिक जग्गा विवादमा चार घाइते
गर्मी छल्न तराईका मान्छे पहाडतिर
बजेटले युवालाई सम्बोधन गरेको खोइ ?
आजको राशिफलः २०८२ साल असार ३ गते मङ्गलबार
दुई घरधनीको अवरोधले इटहरीमा ६ लेन सडक अलपत्र
कोशीको बजेट ३५ अर्ब ८७ करोड
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved