Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

alt
  • भदौ १८, २०७६
  • रासस
 
धरान / निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ । निजी (संस्थागत) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सरकारको उक्त राष्ट्रिय महत्वको योजनामा हालसम्म विद्यालयहरु सूचीकृत नभएकाले आउँदो असोजपछि आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएपछि सरकारले कडा नीति लिने जनाएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५’ ले व्यवस्था गरेअनुसार सञ्चालित सो कार्यक्रममा मङ्गलबारसम्म चार हजार ६०० प्रतिष्ठान र ४० हजार श्रमिक सूचीकृत भइसकेका छन् । यस कार्यक्रमअन्तर्गत रोजगारदाताले २० प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ । कार्यक्रमले श्रमिकलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्ध अवस्था सुरक्षा आदि योजना लिएको छ ।
निजी विद्यालयका छाता संस्थाहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन)ले नेपाल सरकारसँग यसअघिको संवादका क्रममा उक्त कार्यक्रममा सहभागी हुन तयार रहेको जनाए पनि केही सहुलियतको मागसहित समयसीमा सार्दै आएका छन् ।
ती संस्थाले उक्त कार्यक्रममा सूचीकृत हुनका लागि आउँदो असोज मसान्तसम्मका लागि अन्तिम समयसीमा मागेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आज निजी विद्यालय शिक्षक युनियन (इस्टु) का पदाधिकारीसँग छलफल गरी शिक्षक कर्मचारीलाई आफ्नो अधिकारको प्राप्तिका लागि जागरुक हुन आग्रह गर्दै उक्त समयमा निजी विद्यालय सूचीकृत नभए कानूनबमोजिम कारवाही हुने जानकारी दिएका हुन । मन्त्री विष्टले बौद्धिक वा शारीरिक सबै क्षेत्रका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा शुरु गरिएको र यो ऐतिहासिक कामको थालनी भएकाले यसमा कुनै पनि क्षेत्रको व्यावसायिक संस्थाले सहभागी नहुने छुट नभएको उल्लेख गर्दै भने, “यो अनिवार्य विषय हो । हामीले निजी विद्यालयलाई पर्खेका छौँ, निश्चित समयभित्र नआएमा कानूनबमोजिम कारवाही गर्न सरकार अघि बढ्नेछ । कानूनले कसैलाई छुट दिँदैन । कुन विद्यालयले न्यूनतम् वेतन दिएको छैन । त्यो सूचना मन्त्रालयलाई दिनुहोला ।” उनले सबै क्षेत्रमा न्यूनतम् ज्याला, बैंक खाता तलब भुक्तानी र श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिएको छ या छैन भनेर सरकारले हेरिरहेको जनाउँदै श्रम र शिक्षासम्बन्धी ऐनअनुसार निजी विद्यालयका शिक्षकहरुले तलब नपाएको भए उजुरी दिन पनि आग्रह गरे । निजी विद्यालयको सञ्चालका संस्थाहरुले साना र आर्थिकरुपमा कमजोर विद्यालयका लागि विशेष व्यवस्था गर्न माग गर्दै आएको छ । विशिष्ट र ‘क’ श्रेणीका निजी विद्यालयले यस कार्यक्रममा सहजै सहभागिता जनाउने तर कमजोर विद्यालयका लागि १० प्रतिशत विद्यालय तथा १० प्रतिशत सरकारले जम्मा गर्ने वा उनीहरुलाई सूचीकरणको समयावधि थप्न निजी विद्यालय सञ्चालकले माग गर्दै आएका छन् । हाल ३५ हजार ५५ विद्यालयमध्ये छ हजार २०६ निजी विद्यालय रहेको सरकारी आँकडा छ । निजी विद्यालय सञ्चालकले मन्टेस्वरीदेखि उच्चशिक्षासम्म करीब आठ हजार निजी शिक्षण संस्था रहेको र तिनमा करीब डेढ लाख शिक्षक, कर्मचारी कार्यरत रहेको जनाउँदै आएको छ । मन्त्रालयका सचिव विनोद केसीले सरकारले सबै क्षेत्रमा झैँ निजी विद्यालयलाई पनि कार्यक्रममा सूचीकृत हुन पटक पटक आग्रह गरेको जानकारी दिए ।
सम्बन्धित समाचार
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन विभिन्न प् ...

अदालतको आदेशपछि तामाङ पुनः बहाल

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योञ्जन तामाङले पुनः मो ...

नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नियमविपरीत तोक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कोशी प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर
आजको राशिफलः २०८२ साल असार ४ गते बुधबार
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन
धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो
सार्वजनिक जग्गा विवादमा चार घाइते
गर्मी छल्न तराईका मान्छे पहाडतिर
बजेटले युवालाई सम्बोधन गरेको खोइ ?
आजको राशिफलः २०८२ साल असार ३ गते मङ्गलबार
दुई घरधनीको अवरोधले इटहरीमा ६ लेन सडक अलपत्र
कोशीको बजेट ३५ अर्ब ८७ करोड
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved