धरान–नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले अमेरिकका पुरगेर नेपालमा संघीयता जबर्जस्ती थोपारिएको बताएका छन्। पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यो बिषयमा जनमत संग्रह वा पुर्नबिचार गर्नु पर्ने बताएका छन् ।नेपालको इतिहासलाई अध्ययननै नगरि अरिपक्व निर्णय गर्दै नेपालमा संघियता ल्याईएको उनले बताएका हुन ।
संघियता भनेको के हो थाहा छ ? भन्ने प्रश्न गर्दै उनले जसले प्रजातन्त्रको बारेमा बुझेको छैन उसैले संघियताको बारेमा बखान गरिरहेको बताए ।उनले नेपाली काङग्रेशको सदस्यता बितरण समन्धि ब्यबस्था परिबर्तन हुने बताए । बीपीले आफ्नो हातले लेखेको विधान अहिले पनि उपयुक्तनै छ भन्दै भने, ‘अहिलेको अवस्थामा नेपाली कांग्रेसमा चार लाख ७१ हजार क्रियाशील सदस्य छन्। कस्तो देखिन्छ भने हरेक नेपाली पञ्च, हरेक पञ्च नेपाली भने जस्तै भयो।त्यसको संख्या कम हुनु पर्ने हो।‘