धरान– नेकपा एमाले विशेष इलाका संगठन कमिटीको ७ औ अधिवेशनका लागि प्रतिनिधी छनौट सकिएको छ । प्रतिनिधी छनौट सोमवार एकै दिन सवै वडाहरुमा सम्पन्न भएको नेकपा एमाले धरान विशेष इलाका संगठन कमिटीका अध्यक्ष तारा शुव्वाले वताए । उनका अनुसार सातौ अधिवेशनका लागि चारसय प्रतिनिधीले भाग लिने भएका छन । एमाले धरानको शाखाहरु जम्मा २५ वटा रहेका छन । वडा नम्वर १ देखि २३ सम्म वडा शाखा छ भने थप मजदुर र कर्मचारी गरी जम्मा २५ वटा शाखाहरु रहेका छन । एमालेको विधान अनुसार प्रत्येक वडावाट अधिवेशनका लागि प्रतिनिधी निर्वाचन प्रक्रियाद्धारा प्रतिनिधी छनौट भएर सहभागी हुन पाउने प्रावधान रहेको छ । सोही वमोजिम सोमावार सवै वडा र विशेष संगठनवाट सर्व सम्मतले प्रतिनिधी छनौट सम्पन्न भएको प्रचार प्रसार संयोजक शेर वहादुर परियारले जानकारी दिए । अधिवेशनको प्रचार प्रसारको लागि मंगलवार धरान– १५ स्थित त्रिवेणी चौकमा विहान ८ वजे निशुल्क दन्त शिविरको आयोजना समेत गरेको छ । त्यसैगरि वुधवार पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल धरान र नेकपा एमाले १ नम्वर क्षेत्रीय कमिटी वीच मैत्रीपुर्ण फुटवल खेल हुने भएको छ । अधिवेशनको अन्तिम तयारीको वारेमा वैशाख १६ गते एमालले पत्रकार सम्मेलन समेत गर्ने भएको छ । आगामी वैशाख १७ र १८ गते हुने नेकपा एमाले विशेष इलाका संगठन कमिटी धरानको सातौ अधिवेशनको उद्घानटन गर्न एमाले अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन । १८ गतेको वन्द शत्रले एमाले धरानको नया नेतृत्व चयन गर्ने छ ।