धरान/पार्टि एPrachanda-mohan-baidhya-kiran-9956748किकरणको बिषयमा पटक पटक छलफल भएपनि सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बिच कुनै सहमति भएको छैन । बिहिबारबाट दुबै पार्टि बिच फेरी एकताका लागि छलफल सुरु भएको छ । अब एकिकरण गर्ने नै गरि छलफल सुरु गरिएको हो एक माओबादी नेताले भने ।
एमाओबादीको जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे औपचारिक रुपमै छलफल थालेको हो ।
अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समित सदस्य जनार्दन शर्माले बताए । शक्ति समायोजन र सम्मानजनक स्थान दिने बिषयको सैदान्तिक छलफल भईरहको उनले बताए ।
एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायतका विषयमा सैद्धान्तिक छलफल सुर गरिएको उनको भनाइ छ ।
समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र  जनवादी क्रान्ति गर्नुपर्ने  अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन ।कार्यदिशामा सहमती हुन साथ एकिकरण हुन्छ शर्माले भने ।