धनकुटा  / पूर्व प्रधानमन्त्री एवम् नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन गरेर मुलुकको विकास गर्नका लागि दलहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताएक छन् ।  पूर्वी पहाडी जिल्लाका विभिन्न कार्यक्रममा सmadhab Nepalहभागी भएर यहाँ आईपुगेका नेता नेपालले शनिबार बिहान  सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन ।
संविधान कार्यान्वयन गरेर सङ्क्रमणकाल पार गर्दै मुलुकको समृद्धिका लागि कम्तीमा पनि प्रमुख तीन दलको सहकार्य आवश्यकपर्ने भन्दै नेता नेपालले त्यसका लागि काँग्रेस पनि राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुनुपर्ने आवश्यकता आँैल्याए ।  राजनीतिक अस्थिरताका कारण मुलुकमा बेतिथि बढ्दै गएकाले विधिको शासन स्थापित गर्नका लागि पनि उनले दलहरुबीचको सहकार्यमा जोड दिए । सत्तामै रहेको एमाओवादीका केही नेताले बोल्दै आएको सरकार विरोधी अभिव्यक्तिले सरकारको काम गर्ने जाँगर पनि घट्ने भन्दै नेता नेपालले अहिले फुट्ने हैन जुट्ने बेला भएकाले त्यसका लागि सबै दलका नेतालाई गम्भीर भएर अघि बढ्न आग्रह गरे ।