काठमाडौँ / प्रमुख सत्तारुढ दल नेकपा(एमाले) संसदीय दलले व्यवस्थापिका–संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने दृढता व्यक्त गरेको छ ।  संसद् भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनका विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियाका विषयमा छलफल हुनाका साथै संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको उनले बताए । 
सांसद रेवतीरमण भण्डारीका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्मा उठाउने विषयमा प्रभावकारी रूपमा प्रस्तुत हुन सांuml_flag-300x275सदहरूलाई निर्देशन दिए ।