काठमाडौं/ अलग थरुहट प्रदेशको माग गरी आन्दोलन गर्दैआएको थारुहट÷थारुवान सङ्घर्ष समितिले बैशाख २४ गतेबाट विरोधसभादेखि आमहड्तालसम्मका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समितिले मङ्गलबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय सङ्गठनहरुबीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहट, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिरहा, उदयपुर, २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने, जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहड्ताल गर्ने छ ।
समितिले आपूmहरुले प्रस्तुत गरेको सात बुँदे शर्त र १३ बुँदे राजनीति मागहरुमा नौ महिनादेखि छलफल समेत हुन नसकेको गुनासो गर्दै बाध्य भएर आन्दोलनमा जानु परेको दावी गरेको थियो ।