oli-prachandaधरान /नेपाली काङग्रेसले प्रचण्डलाई सरकारको नेतृत्व गर्ने गोप्य प्रस्ताब गरे लगत्तै एकीकृत नेकपा माओवादीले औपचारीक बैठक नै गरेर प्रचण्ड नेतृत्वमा सरकार बनाउने भन्दै बिज्ञप्ति नै जारी गरेको छ ।

नेपाली काङग्रेशले भने अहिले सम्म प्रचण्डको नेतृत्व्मा सरकार बनाउने कुनै औपचारीक निर्णय र वक्तब्य सार्बजनिक गरेको छैन । संबिधान जारी गरेपछि एमाले नेतृत्वमा एमाओवादी ,काङग्रेश सहितको सयुक्त सरकार बनाउने भद्र सहमती तोडेर प्रधानमन्त्रिमा उमेद्धारी हालेको नेपाली काङग्रेसले प्रचण्लाई प्रस्ताब गरेजस्तो गरेर आफै सरकारको नेतृत्व गर्ने चर्तुयाई गरिरहेको कतिपयले बिष्लेशण गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार विहान बसेको पदाधिकारी बैठकले पचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरे सँगै एमाले नेतृत्वको सरकारलाई संकट आउने निश्चित भएको छ । तर एमालेलाई प्रतिपक्षमा राखेर कुनैपनि दलको सरकार सञ्चालन हुन नसक्ने यथार्तलाई पनि अन्य दलहरुले ख्याल राख्नुपर्ने देखिन्छ ।एमाओबादी बैठकपछि जारी बिज्ञप्तिमा एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।
सरकारले बराम्बार ध्यानाकर्षण गराउँदा समेत सरकारले काम गर्न नसकेको भन्दै एमाओवादीले प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै उपध्यक्ष नरायणकाजी श्रेष्ठले यसमा अन्य दलहरुलाई आग्रह गरिने बताए । एमालेको पोलिटब्युरो बैठकले भने यो सरकारलाईनै राष्ट्रिय सरकारको रुपमा अगाडि बढाउनु पर्ने जनाएको छ ।Press-Statement-of-Maoist