काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्तारुढ दलहरुको बैठक एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको छ । द्यबगिधबतबचएमाओवादीले वर्तमान सरकार परिवर्तनको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरुको धारणा बुझ्न बैठक बोलाएका हुन् ।वालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका विषयमा एकीकृत माओवादीले आकस्मिक रुपमा गरेको निर्णयका विषयमा छलफल भईरहेको प्रधानमन्त्रिका प्रेस संयोजक चेतन अधिकारीले ब्लाष्ट अनलाईनलाई बताए । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमाओवादीका नेताहरु भने सहभागी छैनन् । सत्ता साझेदार राप्रपा नेपालले भने ओली नेतृत्वको वर्तमान सरकारको प्रतिरक्षा गर्ने जनाएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा एमाओवादी स्थायी समितिको बैठक बसीरहेको छ । स्थायी समितिको बैठकका कारण बालुवाटार जान नसकिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
स्थायी समितिको बैठकले कुनै निर्णण नगरि सकिएको जनाएको छ ।