धरान/ चीन सरकारको निमन्त्रणामा ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कार्कीसहित पत्रकारहरुको टोली आज चीन भ्रमण जाने भएको छ । चीनको विकास, प्रविधि लगायतको विषयमा अध्ययन÷अवलोकन गर्न नेपाली पत्रकारको टोली चीन जान लागेको हो । प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठसहित १० जनाको टोली साताव्यापी भ्रमणमा जान लागेको हो ।
चीनको राजधानी बेइजिङ, ल्हासा, ग्रेटवाल लगायतका महत्वपूर्ण स्थान भ्रमणको कार्यक्रम रहेको बताइएको छ ।