धनकुटा / झापाको दमकबाट धनकुटाको हिले आउँदै गरेका दुई युवालाई विनाकारण कुटपिट गर्ने धनकुटाको मूलघाटस्थित सशस्त्र बेसक्याम्पका इन्स्पेक्टर अशोक न्यौपानेलाई कानुनी कार्वाही गर्न माग राख्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । धरान–२० का २७ वर्षीय रमेश कट्वाल र धनकुटा 13178880_998925576842182_2413999680016303081_nहिलेका ३३ वर्षीय अर्जुन तामाङलाई इन्स्पेक्टर न्यौपानेले विनाकारण आफ्ना जवानलाई आदेश दिएर कुटपिट गरेको भन्दै उनीविरुद्ध कार्वाही र उचित क्षतिपूर्तिको माग गरी उजुरी दर्ता भएको हो । उजुरीमा आपूहरुलाई कुट्ने सशस्त्रका २ जवान र आदेश दिने र कुटपिटमा संलग्न इन्स्पेक्टर न्यौपानेलाई कानुनी कार्वाही गर्न भनिएको छ ।
पीडित कट्वालले आपूहरु दमकबाट धनकुटा आउने क्रममा भेडेटारको सिम्सुवा नजिकै पर्ने घण्टेमा खाना खाएर हिँड्ने बेला इन्स्पेक्टर न्यौपानेसँग भेट भएको बताएका छन् । न्यौपानेले शुरुमा मोटरसाइकलको कागजपत्र र लाइसेन्स मागेका थिए । कागजपत्र छैन भनेपछि गोरु ब्यापार गर्दैआएका रमेशलाई मासिक ५० हजार रकम दिन माग गरेका थिए । मोटरसाइकलमा सवार रमेशले रकम किन दिनुपर्ने भन्दै न्यौपानेको माग अस्वीकार गरेका थिए ।
रकमको विषयमा रमेशसँग केही समय विवाद भएपछि उनी साथी अर्जुन तामाङसँग मोटरसाइकलमा धनकुटातर्पm लागेका थिए । त्यसैबेला इन्स्पेक्टर न्यौपानेले मोटरसाइकल आउँदै छ, रोकेर कागजपत्र माग्नू, छैन भन्यो भने एक/एक गोली खर्च गरेर दुवैलाई मार्दे भन्ने आदेश दिएको रमेशले बताए । सशस्त्रको मेसमा काम गर्ने भान्से, मण्डल थरका जवान र इन्स्पेक्टर न्यौपाने समेतले मोटरसाइकलको पछि बसेका अर्जुनलाई मरणासन्न हुनेगरी कुटपिट गरेको कट्वालले बताए ।
कुटपिटपछि जिल्ला ट्राफिक कार्यालयमा खबर गरेर अर्जुन र कट्वाललाई धनकुटा पठाइएको थियो । सशस्त्रको कुटाइबाट घाइते भएका तामाङलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर उपचार गराएपछि बुधबार साँझ आफ्नै घर धनकुटामा राखिएको छ भने रमेश सामान्य अवस्थामा छन् । तामाङको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान गरी दोषीउपर कानुनबमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् । उता छिन्ताङदेवी गुल्मका गुल्मपति धीरेन्द्रराज न्यौपानेले गैह्रजिम्मेवारी भूमिका निर्वाह गर्ने इन्स्पेक्टर अशोकलाई आवश्यक विभागीय कार्वाही अघि बढाइसकेको बताए । उनले घटना छानविन गर्न तीन सदस्यीय समिति बनेको र इन्स्पेक्टरलाई कार्यक्षेत्रबाट हटाएर गुल्म झिकाइ थप कार्वाहीको प्रक्रिया अघि बढाइसकेको बताएका छन् । गुल्मपति न्यौपानेले छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेपछि मात्र क्षतिपूर्तिको विषयमा भन्न सकिने बताएका छन् ।