नेपाल जेसीजलाई अन्तरराष्ट्रिय जेसीज (जेसीआइ वल्र्ड)ले निलम्बन गरेको छ ।जेसीजको विधानको पालना नगरेको भन्दै (जेसीआइ वल्र्ड)ले नेपाल जेसीjesijजलाई निलम्बन गरेको हो ।  जेसीजमा ४० वर्ष उमेर नाघिसकेपछि  सदस्य बन्न र पदमा बस्न नपाउने ब्यबस्था छ । तर नेपाल जेसीजमा ४० बर्ष भन्दा माथिको सदस्यहरु धेरै रहेका छन् ।

विधानको बिधानको न्युनतम सर्त समेत पालना नगरेको पुष्टि गर्दै (जेसीआइ वल्र्ड)ले नेपाल जेसीजलाई अन्तराष्ट्रिय सदस्यताबाट निलम्बन गरेको हो । छ महिना अगाडि महेन्द्रनगरमा सम्पन्न ४२ औँ महाधिवेशनबाट  नेपाल जेसीजको अध्यक्ष पदमा निर्बाचित  भएका बुटवलका जगतबहादुर पोखरेलले उमेर ढाँटेर गद्धारी गरेको  पुष्टि भईसकेको छ । स्मरण रहोस जेसीज ले आफ्नो बिधान लाई कडाईकासाथ मान्नुपर्ने निर्देश गर्छ । (जेसीआइ वल्र्ड)मा बर्तमान अध्यक्ष जगतबहादुर पोख्रेलसँगै अध्यक्ष दमा प्रतिस्प्रधा गरेकी पोखराकी संगिता पौडेलले उजुरी गरेकी थिईन । २०३२ साल भदौ १ गते जन्मिएका पोख्रेलले उमेद्धारी दिदा एक बर्ष उमेर घटाएको भन्दै पौडेलले निर्बाचनमै उजुरी गरेकी थिईन ।

उजुरीको सुनुवाई नभएपछि उनले (जेसीआइ वल्र्ड)मा उजुरी गरेकी थिइन । श्रोतका अनुसार अन्र्तराष्ट्रिय जेसीजले पोखरेलको पासपोर्ट र विदेश भ्रमणगर्दा प्रयोग गरेको पहिलेका डकुमेन्ट अध्ययन गर्दा उमेर ढाँटेको पुष्टि गरेको थियो । पोख्रेललाई अन्र्तराष्ट्रिय  जेसीजले पद त्याग गरेर अर्को महाधिवेशन गर्न निर्देशन समेत दिएको थियो । तर पोख्रेलले बारमम्बार निर्देशन दिदापनि नमानेपछि अन्र्तराष्ट्रिय सदस्यता नै खारेज गरेको हो ।  संगीता पौडेलले आफुले जेसीजको विधानको मर्यादाका लागि अन्र्तराष्ट्रिय  जेसीजमा उजुरी हाल्नु परेको सञ्चारमाध्यमलाई बताएकी छिन् । अन्र्तराष्ट्रिय जेसीजले निलम्बन कहिले सम्म हो भनेर मिती नतोकेको हुनाले तुरुन्तै अर्को महाधिबेशन गराएर नेपाल जेसीजको इज्जत बचाउन सकिने छ । महाधिवेशनमा अध्यक्ष पदका लागि भएको प्रतिष्पर्धामा पोखरेल ६६१ मत ल्याइ विजयी भएका थिए भने पौडेलले ५२१ मत पाएकी थिइन् ।