धरान / विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमविविएस अध्यनरत गौरव भारतमा हुने अन्तराष्ट्रिय अनुशन्धान सम्मेलनका लागि छनौट भएका छन् ।परीवार नियोजन र महिलाहरु विचको दुरीका विषयमा गरेको अनुशन्धानलाई लिएर उनि छनौट भएका हुन् । सहयोगि विध्यार्थीका साथ उनले प्राध्यापक डा.राजेन्द्र कार्की र डा.समिता अधिकारीको पर्यवेक्षणमा उनले झापामा गत डिसेम्वरमा सो विषयमा अनुशन्धान गरेका थिए । मे २७-२९ सम्म नयाँ दिल्लि स्थित ईन्दिरा गान्धी आयुर्वेद संस्थानमा हुने अन्तराष्ट्रिय सम्मेलनमा गौरव उनले गरेको अनुशन्धानलाई लिएर सहभागि हुने भएका हुन् ।