ताप्लेजुङ/भौतिक संरचना र आधुनिक उपकरणको अभावमा ताप्लेजुङमा रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयले अनुमान र पुराना प्रविधिको भरमा मौसमसम्बन्धी जानकारी दिइरहेको छ ।
समय अनुकूलको प्रविधि नहुँदा आपूmहरुले दिएको जानकारीनै फरक पर्लाकि भन्ने चिन्ता कार्यरत् कर्मचारीमानै छ भने जानकारी लिने समेतले सही जानकारी नपाउँदा जोखिममा पर्ने गरेको देखिएको छ । पछिल्लो समय मौसमसम्बन्धी जानकारी लिएर मात्र पर्यटक, आरोही र यात्रुले हिमाल चढ्ने र यात्रा गर्ने गरेपनि उपकरण अभावमा सही जानकारी दिन समस्या भएको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए ।
दैनिक वर्षा र तापक्रमको जानकारी दिने यस कार्यालयमा स्थापना कालमा राखिएको पुराना तापक्रम नाप्ने थर्ममिटर, वर्षा र हावा नाप्ने पुराना सामग्रीको भरमा काम गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख न्यौपानेले बताए । पहिलेको जस्तो मौसम अहिले नभएको र समय समयमा मौसम फेरबदल भइरहने तर उपकरण भने पुरानै हुँदा काम गर्न समस्या भएको न्यौपाने बताउँछन् ।