देशको राष्ट्रपति सभामुख, प्रधानन्यायाधिस जस्ता महत्पुर्ण पदहरुमा महिलाहरुले नेतृत्व गरिसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब प्रधानमन्त्री हुने पालो महिलाको भएको बताएका छन् ।
नयाँ संबिधानले महिलाहरुको पक्षमा बिषेश अधिकारहरु ब्यबस्था गरेको भन्दै उनले संबिधानले गरेको ब्यबस्था अनुसारनै अब प्रधानमन्त्रि हुने पालो महिलाको भएको बताएका हुन । अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय परिषद बैठकको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब प्रधानमन्त्री बन्ने पालो पनि महिला कै भएको बताएका हुन ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रि ओलीले आगामी बजेटले महिलाहरुलाई थप अधिकार सम्पन्न बनाउने बताए । अब देशको बिकाशका लागि महिला पुरुषको बराबरी नेतृत्व आबश्यक छ प्रधानमन्त्रि ओलीले भने अब देशमा लैङगिक बिभेद अन्त्य भईसकेको छ । भूकम्पका बेला राहत वितरण, उद्धार र पुर्न्निर्माणमा महिला सक्रिय रुपमा खटेको स्मरण गर्दै अब पुर्न्निर्माणमा पनि महिलाको सक्रिय सहयोगको अपेक्षा सरकारले गरेको बताए ।बैठकमा अनेमसंघको विधान संसोधन हुने लगायतका विषयमा छलफल हुने छ। बैठकमा अनेमसंघको मुखपत्रिका महिलामुक्तिका सम्पादक उत्तरा कोइराला र भूकम्पताका राहत वितरण, उद्धार र पुर्न्निर्माणमा खटिएका स्वयंसेवकलाई सम्मान गरिएको थियो। ीबहिबार सम्पन्न हुने छ ।