bidhya-bhandari

लुम्बिनी/राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको अशान्ति र हिंसाले आक्रान्त विश्वलाई अझै पनि बुद्धको सन्देश सान्दर्भिक रहेको बताएकी छन् ।

लुम्बिनीमा बुद्धको सम्झनामा देश विदेशबाट बनेको स्तुप, गुम्बालगायतका संरचना बन्दा खुसी बनेको बताउँदै भण्डारीले गौतमबुद्ध विमानस्थल लगायतका सरकारले तय गरेका योजना कार्यान्वयन भइसकेपछि लुम्बिनीबासीले सुख पाउने बताइन् ।

२५६० औ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले २५६० औ वर्षअघि प्रतिपादन गरेको कुरा सान्दर्भिक हुनु नेपालका लागि खुसी कुरा रहेको बताइन् ।