लुम्बिनी/ दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीको अवसरमा शनिबार लुम्बिनीमा विशेष समारोह आयोजना गरियो । राष्ट्रपतिले दीप प्रज्वलन गरि समारोहको उद्घाटन गरिन् । भने बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गरिन् ।

उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता थियो। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता छ ।

त्यस्तै बिहान बौद्ध क्षेत्र समितिको आयोजनामा बुद्धको मूर्ति र अस्थिधातु सहितको ¥यालीले बौद्ध क्षेत्र परिक्रमा गरेको थियो । अस्थिधातुलाई अहिले बौद्धको गुरु ल्हाखाङ गुम्बामा प्रदर्शनमा राखिएको छ । गुम्बामा शनिबार बेलुकीसम्म अस्थिधातु प्रदर्शनमा राखिने बौद्ध घ्याङ राखिनेछ। अस्थिधातुलाई बुद्धजयन्तीका दिनमा मात्र सर्वसाधारणका लागि प्रदर्शनमा राख्ने गरिएको छ ।

कसले के भने समारोहमा?

राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताएकी छिन् ।

विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको भन्दै बुद्ध भूमिका कला र ऐतिहासिक तत्वका संरक्षणमा सरकार र अन्य निकायलाई ध्यान दिन आग्रह गरे । उनले बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति भण्डारीले विश्वका बौद्ध धर्म मान्नेका लागि पावन भूमि लुम्बिनीमा एकपटक आउनैपर्ने बनाई लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले शान्तिको महानायक सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्र्दभिक रहेको र मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा दीर्घकालीन रुपमा यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा उनले दिएका उपदेश मन, वचन र कर्मले पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्ने बताए । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको भन्दै उनले विश्वलाई एउटै सुत्रमा बाध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकामा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सो क्षेत्रको विकास गर्नु पर्ने आवश्यकता छ भने । प्रधानमन्त्रीले जुनसुकै वातावरणमा पनि बुद्ध जयन्ती वा अन्य अवसरमा कार्यक्रम सञ्चालन गर्न पाँच हजार मानिस बस्न सक्ने भवन एक वर्षभित्र निर्माण गर्ने बताए ।

शेरबहादुर देउवा
समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भगवान् गौतमबुद्ध लुम्बिनीमा जन्मिनुका साथै बुद्धत्व प्राप्त गरेको चर्चा गर्दै उनले विश्व माझ बुद्धको ज्ञान फैलाउन महत्वपूर्ण कार्य गरेको बताए । उनले लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने उल्लेख गरे ।

पुष्पकमल दाहाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल,भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले २५६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको उल्लेख गरे ।

आनन्दप्रसाद पोखरेल
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल एवम् बुद्धत्व प्राप्त गरेको विश्व शान्ति मुहान भएकाप्रति विश्वमा ४० बढी देशका बौद्धमार्गीले ऐक्यबद्धता जनाएकामा खुसी व्यक्त गरे । उनले लुम्बिनीसहित भगवान् गौतम बुद्धसँग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एक साथ विकास गरिने प्रतिबद्धतासमेत जनाए ।

उनले दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले निकालेको निष्कर्षसहितको १० बुँदे काठमाडौँ–लुम्बिनी घोषणापत्र संस्कृतिमन्त्री पोखरेलले शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । १० बुँदे उक्त घोषणापत्रमा ‘ग्लोबल बुद्धिष्ट फोरम’ गठन गर्नेलगायत छन् ।

थाइल्याण्डका पर्यटनमन्त्री
थाइल्याण्डका पर्यटनमन्त्री वाटटनभरन्गु एल कोब्कर्नले लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न थाई सरकार सधैँ तप्पर रहेको बताए ।

ओबामादेखि शेख हसिनासम्मको शुभकामना
सो अवसरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरोन, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्र सङ्घका महासचिव वान–कि मुनले पठाउनु भएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

1

2

@%^)cf}F a'4 hoGtL /fi6«klt ljBfb]jL e08f/L zlgaf/ a'4 hGd:yn n'lDagLdf @%^)cf}F a'4 hoGtL ;df/f]xdf . ;fydf k|wfgdGqL s]kL zdf{ cf]nL, g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfnnufot . tl:a/ M sflnsf v8sf, /f;;

4

5

6

@%^)cf}F a'4 hoGtL k|wfgdGqL s]kL zdf{ cf]nL zlgaf/ a'4 hGd:yn n'lDagLdf @%^)cf}F a'4 hoGtL ;df/f]xdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M lbks l3ld/], n'lDagL, /f;;

8

9

10