नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगर बर्दघाट नगरपालिका–११ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकिछन् । शंकस्पद अवस्थामा घरमा मृत भेटिएकि उनको शवको पोस्टमार्टम गर्नका प्रहरीको उच्च अधिकारीहरुको पहलमा काठमाण्डौ ल्याइएको छ ।
उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ । कोठामा रगतको दाग पनि भेटिएको छ । उनको आमा बुटवल जानु भएको थियो । विमल भने बेManisha-gharti-magarल्जियम गएका थिए ।
प्रहरीका अनुसार हिजो बुटवल गएकी आमा बिहान ५ः३० बजे तिर घर फर्कंदा मनिषालाई मृत अवस्थामा देखेपछि छिमेकीसँग हारगुहार गरेकी थिइन् । त्सपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । आशिष चौधरीलाई प्रहरीले नियनत्रणमा लिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् ।

अशिष र मनिषा प्रेमी प्रेमिका हुन् ।  अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ । प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी प्रहरीले जनाएको छ ।

अशिष र मनिषा प्रेमी प्रेमिका हुन् ।  अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ । प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।


मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको पाइएको थियो । स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी भएको बताइएको छ ।
एसपी राजेन्द्र चौधरीले भने–‘हत्या हो वा आत्महत्या हामी अहिले नै भन्न सक्ने स्थितीमा छैनौं,’ उनले भने, ‘प्राप्त भएको जानकारीका आधारमा दुईजनालाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु भइसकेको छ । बाँकी तथ्य पोस्टमार्टम पछि खुल्न सक्छ ।’