धरान/ बन्दकर्ताहरुले रौतहटमा कुदिरहेको ट्रक माथि बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रकका सहचालक बसन्त मगर घाईत घाईते भएका छन् । उनको चन्द्रनिगाहपुरमा उपचार भईरहेको छ । बन्दकर्ताले प्रहार गरेको पेट्रोल बमका लागेर ट्रकमा क्षति पुगेको छ । सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं गइरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा बन्द कर्ता कर्ताले बम हानेका हुन ।यसैबिच विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका कारण आज देश भरको जनजीवन प्रभाबित भएको छ । प्रहरीले बन्द गराउदै हिड्ने झण्डै ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_3713" align="alignleft" width="482"]