धरान/मुस्लिमहरुको महान पर्व इद उल अजाहा (बकरइद) देश तथा विदेशमा रहेका मुस्लिमहरुले धुमधामका साथ मनाउँदै छन् । नयाँ पोशाकमा सजिएका उनीहरु नमाज पढेपछि एकआपसमा गला मिलाएर इदको शुभकामना आदानप्रदान गर्ने गरेका छन् । [caption id="attachment_13754" align="alignnone" width="960"]muslim नमाज पढेपछि इदकाे खुसीमा फाेटाे खिचाउँदै । तस्बिर: फिराेज फेसबुक[/caption] धरानका झण्डै साढे तीनहजारको जनसंख्या रहेका मुस्लिमहरुले पनि ६ सय खसी, बोका, रागा, भैसीको कुर्वानी दिएर बकर इदको स्वागत गरेका छन् । उनीहरुले धरान–३ स्थित जामे मस्जिदमा पुगेर ६ तकवीर र दुई रकाद वाजिव नमाज पढ्दै एकअर्कासँग गला मिलाउँदै इदको शुभकामना आदानप्रदान गरे । यही समयमा साउदी अरेबियाको मक्कामा हजसमेत जाने गरिन्छ । नेपालबाट हजको लागि करिव ११ सय जनाको कोटा छुट्याइने गरिन्छ । तर, यसपटक धरानबाट हजका लागि कोही पनि नगएको नेपाल मुस्लिम इत्तेहाद संगठनका नगर उपाध्यक्ष फिरोज अलीले बताए । मुस्लिमहरुमा पनि धेरै ऋणी हुनेहरुले कुर्वानी दिदैनन् । कुर्वानी दिएको रागा, खसीबोका तथा अन्य जनवारको तीन भाग लगाइने प्रचलन छ । एक भाग गरिब परिवारलाई, अर्को भाग आफ्ना आफन्त र तेस्रो भाग आफ्नो परिवारमा राखिने चलन रहेको उपाध्यक्ष अलीले बताए । पछिल्लो समय इदमा नयाँ नयाँ ठाउँहरु घुम्ने जाने प्रचलनसमेत रही आएको छ । सरकारले बकर इदमासमेत एक दिन राष्ट्रिय विदा दिने गरेको छ । यो बेलामा वर्षौदेखि दुस्मनी रहे पनि एकअर्कामा गला मिलाउँदै माफी मागामागसमेत गरिने गरिन्छ । जसबाट नयाँ सम्बन्धसमेत स्थापित हुने मान्यता रही आएको छ ।