धरान/हेभेन्ली कल्चर वल्र्ड पिस एण्ड रेस्टुरेसन अफ लाइट (एचडब्लुपिएल) ले यही सेप्टेम्बर १७ देखि कोरियामा गर्न लागेको मिडिया कार्यशालामा भाग लिन ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की बिहीबार त्यसतर्प प्रस्थान गरेका छन् ।
धर्मका नाममा युद्ध हुन नहुने र विश्वमा शान्ति स्थापना हुनुपर्ने अवधारणासहित अभियान सञ्चालन गरिरहेको एचडब्लुपिएलको कार्यक्रममा सहभागी हुन अधिवक्तासमेत रहेका कार्की बिहीबार राति ११ बजेको उडानबाट कोरिया प्रस्थान गरेका हुन् । गत मे महिनामा घोषणा भएको १० बुँदे घोषणापत्र कार्यान्वयन गर्न मिडियाको भूमिकाबारे छलफल गरी निष्कर्ष निकाल्न गोष्ठी आयोजना हुन लागेको हो ।
आयोजक संस्थाका अनुसार विभिन्न महादेशबाट विश्व शान्ति स्थापनाका लागि मिडियाको भूमिका र जिम्मेवारीबारे मिडिया विज्ञहरुले प्रस्तुतीकरण गर्ने छन् । दक्षिण एशियाबाट सम्पादक कार्कीले एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यशालामा विभिन्न २५ मुलुकका धार्मिक नेता, कानून व्यवसायी, सञ्चारविद्, पूर्व राष्ट्रप्रमुखहरु गरी दुई हजारजनाको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ ।