धरान/सरकारले सुकुम्वासी बस्तीमा समेत बिजुली बत्तीको मिटर जडान गर्ने भएको छ । अब सरकारले नयाँ व्यवस्था गरेर सुकुम्बाबासीलाई पनि बिजुली बाल्न दिने व्यवस्था गर्न लागेको हो । sukumbasi अहिले बत्तीको मिटर जडान गर्न जग्गा धनि लालपूर्जा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सुकुम्बासीसँग जग्गा धनी पूर्जा नहुने भएकाले उनीहरु बिजुली वत्तीको उज्यालोबाट बञ्चित हुँदै आएका छन् । विगतको व्यवस्थालाई केही खुकुलो पार्दै जग्गा धनी पूर्जा नभएका सुकुम्बासी, मुक्त कमैया, हलिया लगायतका बस्तीमा समेत बिजुली बत्ती जडान गरिने ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताए । यो व्यवस्था लागू भएसँगै अन्धकारमा रात बिताउँदै आएका गरिब जनताले पनि उज्यालोको अनुभूति गर्न पाउने मन्त्री शर्माको भनाइ छ ।