धरान । सशस्त्र प्रहरीको ना १ ग ५२९ नम्बरको गाडीमा सवार सशस्त्र प्रहरीहरुले छाताचौक भन्दा मुन्तिर आएपछि ‘छोड् छोड् छोड्’ भन्दै चिच्याउन थाले । महेन्द्रपथमा व्यवसाय गर्ने व्यवसायीहरु के भएछ भनेर आत्तिएर हेर्न थाले ।

[caption id="attachment_14731" align="alignnone" width="960"]accident तस्विरहरु: गुडलक टप फेसन टेलरकाे फेसबुकबाट[/caption]

गाडी आफ्नै रफ्तारमा दौडिनै रहेको थियो । प्रहरीहरु उसरी नै चिच्याइरहेका थिए भने कोही प्रहरी हामफाल्दै पनि थिए । त्यो दृष्य देख्दा सर्वसाधारण तथा व्यवसायीलाई लाग्यो ठूलै घटना भएछ भनेर । सबै एकत्रित भएर हेर्न थाले । जति तलतिर आउँदै थियो । गाडीको रफ्तार उस्तै गतिमा थियो । जव, रत्नरोड आइपुग्यो । को १ ह ३१२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिइहाल्यो । नजिकै रहेको को २६ प २८६७ नम्बरको नयाँ एभेन्जर बाइकलाईसमेत ठक्कर दिन पुग्यो । सगै रहेको बा १४ च ८३३८ नम्बरको निजी कारसमेतलाई मज्जाले ठक्कर दियो ।

polic gadi तीन–तीनवटा सवारीलाई ठक्कर दिइसकेपछि सडक नजिकै थुपारिएको ढुंगागिटीमा लगेर चालकले गाडी धस्काए । अनि मात्रै गाडी रोकियो । प्रहरीले कुनै घटनालाई नियन्त्रण गर्न पो त्यसो गरेका रहेछन् भनेर बुझिरहेका सर्वसाधरण व्यवसायीले त्यसपछि मात्रै ब्रेक फेल भएको थाहा पाए । उक्त गाडी पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय बराह बाहिनी पकलीको रहेछ । मानवीय क्षति नभएकाले चालकलाई छाडिएको छ भने सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । ‘मानवीय क्षति नभएकाले चालकलाई नियन्त्रणमा लिएनौं । तर, पनि हामीसँगै हुनुहुन्छ ।’ जिल्ला ट्राफिकका सूचनाकर्ताले भने ‘सवारी हामीले नियन्त्रणमा लिएका छौं ।’ ब्रेक फेलको कारण हालसम्म नखुलेको बताइन्छ । 14330038_1117697344949943_1084284606450533939_n तर, ब्रेक फेल भने छाताचौक भन्दा मुन्तिरको ग्लोबल आइमई बैंक अघिल्तिरबाट सुरु भएको जानकारी ठक्करपछि प्रहरीहरुले दिएको व्यवसायी फिरोज अलीले बताए । ‘छोड छोड् छोड भन्दै चिच्याउँदै आए । हामीले त के पो भएछ भनेर सोचेका थियौं । तर, पछि पो थाहा भयो ब्रेक फेल भएर चिच्याएका रहेछन् ।’ रत्नरोडबाट मूख्य सडक तर्फ आउँदै गरेको सफारीको अघिल्तिरको चक्का पूर्ण रुपमा क्षति पुगेको छ भने रोकिर14333659_1117697421616602_2205588864848910777_nहेको एभेन्जर मोटरसाइकलमासमेत क्षति पुगेको छ । त्यस्तै निजी कारको देब्रे भागमासमेत क्षति पुगेको छ ।