मदिरा कारोबारीलाई जरिवाना
कञ्चनपुर/अनुमति नलिइकनै अवैध रुपमा मदिराको कारोबार गर्दैआएका कञ्चनपुरको भीमदत्तनगरपालिका–११ का दुईजनालाई जरिवाना तिराइएको छ ।
मङ्गलबार साँझ आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले पसलमा छापा मारी लक्ष्मण ऐरी र मुकेश पैतलालाई जनही रु पाँच/पाँच हजार जरिवाना तिराइएको हो ।
पसलमा अवैध रुपमा बिक्रीका लागि राखिएको विभिन्न ब्रान्डका ५६ थान मदिरासमेत जफत गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए ।
अनुमतिबिना मदिरा बिक्री–वितरण गर्दै आएका पसलको निरन्तर अनुगमन गरी कारबाही अघि बढाइने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।