धरान/माउन्टेन एयरको हेलिकप्टर बिरामी लिन गएको अवस्था झण्डै दुर्घटनाग्रस्त भएको छ । लुक्ला विमानस्थलबाट बिरामी लिन जुविङ गएको थियो ।
[caption id="attachment_15394" align="alignnone" width="675"]

फाइल तस्बिर[/caption]
त्यो अवस्थामा आइतबार बिहान इन्जिनमा समस्या भएपछि दुर्घटनाग्रस्त हुनबाट जोगिएको हो । बिरामी बोकेको केही समयमै इन्जिन खराब भएपछि फेल भएको थियो ।
जुबिङ–५ का जसबहादुर राई भीरबाट लडेर गम्भिर घाइते भएपछि उनलाई लिनको लागि हेलिकप्टर जुविङ तर्फ उडेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
इन्जिन खराब भएपछि आपतकालीन अवस्थामा अवतरण गरिएको थियो । हेलिको आपतकालीन अवस्थामा खोलामा अवतरण गरिएको थियो । हेलिकप्टर पाइलट सुरेश थापाले आपतकालीन सकुसल अवतरण गराउन सफल भएका थिए । हेलीमा रहेका सबै सकुसल उद्दार गरी लुक्ला ल्याइसकिएको सिडिओ शर्माले बताए ।