Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • केन्द्रीय समिति बैठक बोलाउन रामचन्द्रकाे माग

केन्द्रीय समिति बैठक बोलाउन रामचन्द्रकाे माग

  • असोज ९, २०७३
  • ब्लाष्ट खबर

धरान / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्र्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले  जानकारी दिए ।बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ । बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए । बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता बलबहादुर केसीले जानकारी दिए । त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताएका थिए । सरकार सञ्चालनमा नेकपा (माओवादी केन्द्र)ले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न गरेका थिए । बैठकमा नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसद उपस्थित थिए ।

सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved