gudhi jaggaसङ्खुवासभा / खाँदबारी–११,१२, १३ र चैनपुर–१७ मा रहेको श्री सिंहेश्वरी महादेव राजगुठीको बार्षिक एक करोड बढी आम्दानी बर्षो देखि निजी प्रयोग हुदै आएको छ । एक हजार छ सय ६५ रोपनी जग्गाको आम्दानी गुठीको स्वमीत्वमा नभई दशकौ अघि देखि नियमविपरीत व्यत्तिले उपभोग गर्दै आएको छ । १९६८ सालमा बखतबहादुर,जन्जसिंह,प्रतिमान कटुवालले स्थापना गरि दिएको श्री सिंहेश्वरी राज गुठीमा हुने आम्दानी गुठी मातहतमा नरही व्यत्तिकै पोल्टामा पुग्ने गरेता पनि सरोकारवाला निकायले चासो देखाएको खाँदबारी तुम्लिङटारका पद्यमकेशर कार्कीको आरोप छ । एक हजार छ सय ६५ रोपनी जग्गामा धान,मकै,कोदो,रुद्राक्ष र अन्य उत्पादन गरी बार्षिक एक करोड आम्दानी हुने स्थानीय नारायण कटुवालले बताए । नियमनुसार यत्रो आम्दानीको केही अंश गुठीलाई कुद बुझाउदा पनि गुठी सम्पत्ति एक अरव बढी हुने थियो तर व्यत्तिले मात्र प्रयोग गर्दा गुठीको अवस्था नाजुक बनेको उनी बताउछन् । यो आम्दानी गुठीकै मातहतमा रहनु पर्ने, आम्दानी र खर्च व्यवस्थापन गर्न गुठी संस्थानले चासो देखाउनु पर्ने उनको माग छ । पुजा गर्न र मन्दिर संरक्षण गर्न गुठी संस्थापकले महन्तका रुपमा पञ्चन गिरीलाई जिम्मा दिए देखिनै गुठीमा कुद बुझाउन छाडेको स्थानीयको आरोप छ । राज्यको करोडौ सम्पत्ति यसरी हिनामीना भएको भन्दै राजनैतिकदल,नागरिक समाज र सरकारलाई गुठी बचाउन स्थानीयले आग्रह समेत गरे । महन्त पछि दुई पुस्ता सम्म गुठीको जग्गाको आम्दानी प्रयोग गर्दै आएको, गुठीलाई अद्याबधिक नगरी गुठीलाई मोहीले समेत केही नबुझाएको सञ्चालन समितिका सचिव कमल कटुवालले बताए । खाँदबारी–१३ सभाखोला र अरुण नदिको दोभानमा मन्दिर जिर्ण छ, गुठी ऐन अनुसार महन्त पुजारीले मोही हुन नपाउने तर व्यवहारीरुपमा रहे पनि कुद नबुझाए एकलौटी व्यत्तिगत सम्पत्ति बनाएको सचिव कटुवालले बताए । ऐन अनुसार एक महिना अघि गुठी संस्थानबाट मनोज कटुवालको अध्यक्षतामा १४ सदस्सीय समिति गठन भएको समेत जानकारी गराउदै सामाजिक सम्पक्ति संरक्षणमा सबैले चासो र सहयोग गर्न उनले माग गरे । मोही हुँ भन्दै जग्गा अर्को मोहीलाई भोगचलन गर्न दिएर आम्दानी लिदै आएका समितिका पदाधिकारी बताउछन् । समिति मन्दिर संरक्षणमा लागि परेको भन्दै नियमनुसारको जग्गा छाड्न र कुद गुठीलाई बुझाउन निर्देशन समेत गरेको सचिव कमलको भनाई छ । १९६८ मा पुजा गरी रहेको ३५ रुपैयाँ गुठी संस्थानलाई बुझाउनु पर्ने नियम रहेको थियो । महन्तले पुजा गरेर मन्दिरको संरक्षण गर्न समितिले निर्देशन समेत गरेको समितिले बताए । निर्देशन नमानी पुजा नगरेमा महन्त हुँ भन्नेले गुठी छाड्नु पर्ने समितिको भनाई छ । यता महन्तका सन्तान मोही भएर खान नपाउने व्यवस्था छ । स्थानीय अगुवा महेश थपलिया भने, कानुनत उल्लेख भएको काम अघि बडाए केही फरक नपर्ने बताए । मोही उल्लेख छ गुठीको नाममा पुर्जा दिए पनि मोही उल्लेख हुदाँ कुनै फरक नपर्ने उनको तर्क छ । २०२१ सालमा ७ नम्बर फाँटबारी भरेर जग्गाको लगत यकिन गरेको थियो सो आधारमा २०५२ सालको नापी गरी गुठीकै नाममा पुर्जा दिनु पर्ने देखिने सरोकारवाला जीवनाथ खनालले बताए । २०५१ र ५२ सालको नापीले गुठीको जग्गा मोही उल्लेख गरेको तर नापीको फिल्डबुकमा गुठी मोही उल्लेख भएको पाइएको छ । २०५२ मा भएको नापीमा मोही कायम भएको तर मन्दिरको नाममा लालपुर्जा दिएर मोही उल्लेख गर्न सकिने मालपोत कार्यालयका प्रमुख हरीबहादुर खत्रीलले बताए । अधिकांश महन्तका सन्तान सहित ३९ परिवारले गुठीको जग्गा प्रयोग गर्दै आएको छन् ।