
धादिङ/धादिङमा फेरि अर्को बस दुर्घटना भएको छ । धादिङवेसीबाट किन्ताङफेदी जाँदै गरेको ना३ख ३३१८ नम्बरको यात्रुवाहक बस मार्पाक लाफाङ भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा १५ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । १२ जना गम्भिर छन् । उनीहरुको उद्दार गरी अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले बताए । सडकबाट पाँचसय मिटर तल खोलामा खसेको जनाइएको छ ।