काठमाडौं /काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा दोलखाकी एक महिलाको शव फेला परेको हो । काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित गेस्ट हाउसमा दोलखा बाबरे–९ की राधिका थापाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहानदेखि नामथर नखुलेको पुरुष र उनी कोठा बुक गरी बस्दै आएका थिए। आफैंले लगाएको सुरुवालले उनको घाँटीमा कसिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सन्तोष आचार्यले बताए । उनीसँगै बस्दै आएका करिब ३५ वर्षका पुरुष भने फरार छन्।