गोताखोरको टोलीले गाडी भेट्यो
- असोज १३, २०७३
- ब्लाष्ट खबर
धरान/गत आइतबार भएको त्रिशुली दुर्घटनामा खटिएका नेपाली सेनाका गोताखोरहरुले नदीमा गाडी फेला पारेको छ ।
तर, उक्त गाडी पूर्व गृहमन्त्री माधव घिमिरे चढेको हो होइन अझै निश्चित भइसकेको छैन् । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार नदीको १० फिट गहिराईमा गाडी फेला पारिएको हो । दुर्घटना स्थल भन्दा २० मिटर दक्षिण क्षेत्रमा सेनाका गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको थियो । गाडी निकाल्ने प्रयास भइरहेको छ ।
गत आइतबार साँझ काठमाडौं आइरहेको बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता बनेको थियो । हालसम्म गृहमन्त्री घिमिरे फेला पर्न सकेका छैनन् ।