इटहरी / सुविधासँगै मानवीय जोखिम बढे पछि पूर्वका सबै शहरका मुख्य सडकमा विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ । पूर्व क्षेत्रीय टाफिक प्रहरी कार्यालयले मुख्य सडकमा विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको हो । विहीबार मुख्य सडकमा सञ्चालन गरिएका केही विद्युतीय रिक्सालाई नियन्त्रणमा लिई टाफिक प्रहरीले रोकी तोकिएको रुटमा सञ्चालन गर्ने शर्तमा छाडिएको पूर्व क्षेत्रीय टाफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी पवन गीरीले बताए । उनका अनुसार भोली देखि पूर्वका सबै स्थानका मुख्य राजमार्गमा विद्युतीय रिक्सा सञ्चालनमा थप कडाई गरिने छ । मानिसलाई छोटो दुरीको आवत जावतमा आवत जावतमा सहजता दिएको विद्युतीय रिक्सा बाक्लिए पछि जोखिम समेत बढेको छ । अधिकाँश चालकसँग अन’मति पत्र समेत भएको र यातायात व्यवस्था विभागले नियमित अनुमति पत्र नखुलाउँदा व्यवसायी समेत समस्यामा पर्दै आएका छन् । रुट परमिट अनुसार चल्नु पर्ने सफारी राजमार्ग भित्र जथाभाबी चल्नुको साथै बढी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले सफारी संञ्चालनमा प्रतिबन्ध लगाएको हो । इटहरीबाट सफारीलाई राजमार्गमा चल्न प्रतिबन्ध लगाउने अभियानको शुरुवात गरे पनि पूर्व भरिनै अभियान चलाइने क्षेत्रीय टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सवारी चालक अनुमति पत्र नहुनु र प्रर्फेक्ट चालक नहुदाँ दुर्घटना बढेको ठहर गदैं पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सिटी सफारीलाई राजमार्गमा गुड्न रोक लगाएको हो । जिल्लाको पूर्व–पश्चिम र कोसी राजमार्गसँगै चार लेनको सडकमा बिहानैदेखि प्रहरी परिचालन गरि सिटी सफारी गुड्न रोक लगाइएको थियो । विद्युतीय रिक्साका कारण दुर्घटना बढेकाले गर्दा मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाइएको हो । यस्ता चालक मध्ये पूर्वका ४६७ जनाले अहिलेसम्म लाइसेन्स (सवारी चालक अनुमति पत्र) पाएका छन् ।
ट्राफिक प्रहरीले राजमार्गमा सिटी सफारी गुड्न रोक लगाएपछि सिटी सफारी चालकले भने विस्तारै प्रक्रिया पु¥याएर मात्र रोक लगाउनुपर्ने बताएका छन् । सिटी सफारी चालकले विहीबार दिउँसो केही बेर इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शन समेत गरे । त्यसपछि इटहरी उपमहानगरपालिकाको समन्वयमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सिटी सफारी चालक संघका अगुवा नेताबीच वार्ता भएपनि टुंगोमा पुगेन् । सो क्रममा ट्राफिक प्रहरीले जसरी भएपनि राजमार्गमा सिटी सफारीलाई गुड्न नदिने अडान लिएको थियो ।
उनीहरुले टाफिक प्रहरी कार्यालय गएर त्यसको लागि समय पाउनु पर्ने माग गरेका थिए । मानिसलाई सुविधा प्राप्त भए पनि व्यवस्थापनमा समस्या देखिए पछि गत चैत्र महिनामा सुनसरी जिल्ला प्रशासन कार्यालय मुख्य राजमार्गमा विद्युतीय रिक्सालाई रोक लगाउने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नुहँदा मानवीय सुविधासँगै जोखिम पनि बढ्दै गएको छ । गत चैत्र महिनामा जिल्ला प्रशासन कार्यालय सुनसरीले सरकारी सरोकार निकायको बैठक बोलाई विद्युतीय रिक्सा व्यवस्थापनको पहल थालेको थियो । रुटमा नचल्नु, दुर्घटना बढाउनु र चालकले लाईसेन्स नबोक्नुले ट्राफिक व्यवस्थापनमा समस्या आउनुको साथै जनगुनासो समेत बढेपछि सफारीलाई राजमार्गमा प्रतिबन्ध लगाइएको गिरीले बताए ।
पछिल्लो समयमा बजार क्षेत्रमा थपिएका विद्युतीय रिक्साले मानिसलाई छोटो यात्रामा सहजता थपेको छ । तर, यो सँगै विद्युतीय रिक्सा व्यवस्थापन हुन नसक्दा मानवीय जोखिम पनि उत्तीकै बढेको छ । मानिसलाई सुविधा प्राप्त भए पनि व्यवस्थापनमा समस्या देखिए पछि गत चैत्र महिनामा सुनसरी जिल्ला प्रशासन कार्यालय मुख्य राजमार्गमा विद्युतीय रिक्सालाई रोक लगाउने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नुहँदा मानवीय सुविधासँगै जोखिम पनि बढ्दै गएको छ । गत चैत्र महिनामा जिल्ला प्रशासन कार्यालय सुनसरीले सरकारी सरोकार निकायको बैठक बोलाई विद्युतीय रिक्सा व्यवस्थापनको पहल थालेको थियो ।
त्यस बेला सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलको संयोजकत्वमा सात सदस्य समिति समेत गरिएको थियो । सो समितिले विद्युतीय रिक्सा व्यवस्थापको लागि सम्पूर्ण कोणबाट अध्ययन गरी व्यवस्थित गराउनुका साथै प्रतिवेदन समेत तयार गर्ने र मुख्य राजमार्गमा आवगमन बन्द गर्ने निर्णय गरेको थियो । समितिको सदस्यहरुमा ट्राफिक प्रहरी कार्यालय, धरान, इटहरी तथा इनरुवा नगरपालिकाका प्रमुख तथा प्रतिनिधी, तथा इटहरी स्थित यातायात व्यवस्था कार्यालयका प्रमुखहरु रहने बैठकले निर्णय गरेको थियो । सडक दुर्घटनलाई मध्यनगर गरी मुख्य राजमार्गमा विद्युतीय रिक्सालाई रोक लगाउने विषयमा कडाईका रुपमा कार्यानवयन गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीले ट्राफिक प्रहरीलाई निर्देशन दिए पनि व्यवहारिक समस्या रहेको भन्दै समस्या समाधान भएको छैन ।